वास्तविक कृषकले पाउदैनन् अनुदान, बझाङमा कृषकका समस्या सुन्ने निकाय मौन
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे सुतारी गाउँका प्रकाश खत्री तरकारी खेती गर्दै आईरहनु भएको छ ।

विगत लामाे समय देखि तरकारी खेती गर्दै आउनु भएका खत्रीले २०५४ सालमा सुरु गरेकाे तरकारी खेती अहिले ठुलाे मात्रामा फैलिएको पाईन्छ । तरकारी खेती आफ्नै लगानीमा २०५४ सालमा २४ रुपैयाँ बाट सुरु गरेका खत्रीले अहिले २५ देखि ३० लाखौंको तरकारी वारि बनाउन सफल हुनुभएको बताए ।

गाउँपालीकाकाे सुतारीगाउँ आफ्नै घरको करिव ४० हेक्टर जग्गामा अहिले उहाँको तरकारी खेती रहेकाे उहाका भतिजा सपु खत्रीले बताए । गाेपाल फलफूल तथा तरकारी फार्म र जङ्गे तरकारी फार्म अहिले सञ्चालनमा रहेका छन । कृषक प्रकाश खत्रीले तरकारी खेतिमा निकै सघर्ष गर्नु भएको छन । उहाले अहिले बार्षिक १० लाख आम्दानी गर्ने गरेकाे बताए । तरकारी खेति बाट आफुले बच्चा बच्चिलाई पढाउन सकेको र सबैलाई बेरोजगार बस्नु भन्दा तरकारी खेतीमा लाग्न अनुराेध गर्नु भएको छ । साथै खत्रीले भन्नू भयाे याहाँ वास्तविक कृषकले अनुदान पाउदैनन नेताका आसेपासे र पहुँच पावर भएकाले मात्र पाउने भएको कारण हामी जस्ता गरिखाने कृषकले नपाएको गुनासो गर्नुभएको छ । प्रकाश खत्रीले कृषि ज्ञान केन्द्र बाट राष्ट्रपति कृषि पुरुषकारद्वारा सम्मान पाउनु भएको हाे ।


करिव २५ रुपैयाँ बाट प्याजकाे बाेटी किनेर सुरु गरेको तरकारी खेतीले आफुलाई प्रशस्त खान पुगेको ताजा तरकारी खान पाएकाे र अहिले महिनामा २० देखि ३० हजारको आम्दानी हुने गरेकाे खप्तड छान्नाका विभिन्न विद्यालयमा दिवा खाजा खाने विद्यार्थीकाे तरकारीकाे लागि पनि काम लागेको र आफ्नो तरकारीले बजार पाएकाे बताउदै, आफुलाई स्थानीय सरकार खप्तड छान्नाले केही सानाे सहयाेग गरेकाे हाे भने , जिल्लामा रहेकाे आलुजाेन कार्यक्रम मार्फत आफुले अनुदान पाउनु पर्छ भन्ने चेतना जागेको र आलुजाेन बाट पानी जम्मा गर्ने ट्याङ्की बनाएको र केही टर्नेलहरु पनि रहेको बताए । अहिले तरकारी खेतिमा ११ वटा टर्मिनल रहेको भन्दै आफुले चाहे अनुसारको सम्वन्धीत निकायले सहयाेग नगरेको दुखेसो पाेख्नु भएको छ ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३

❤️❤️❤️❤️❤️