बझाङ बुङ्गलबाट १० हजार भोट युवा नेता महरलाइ पक्का : समाजसेवी क्षेत्री

आम निर्वाचनका लागि अहिले सुदुरपशिममा देखिएको एक नयाँ र युवा अनुहार हो ऎन महर । महरले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बझाङबाट उम्मेदवारी दिएका छन । उनले सोही अनुसार चुनावी प्रचार प्रसारलाइ समेत तिव्र पारेका छन । मंसिर ४ गते हुने आम निर्वाचनमा जित पक्का गर्न बझाङका दुर दराजका वस्ती सम्म उनको घर दैलो अभियान जारी पनि छ ।

बझाङका१२ स्थानीय तह मध्य दुई नगरपालिका छन भने १० वटा गाउँपालिका छन । जनसंख्याको हिसाबले जयपृथ्वी पछि बुङ्गल नगरपालिका नै ठूलो मानिन्छ । बुङ्गलमा २१ हजार मतदाता रहेका छन । सोही ठाउँबाट युवा नेता ऎन महरलाइ आधा अर्थात १० हजार बढी मत दिलाउने दावी यस क्षेत्रका नेता कार्यकर्ताहरुको छ । बुङ्गल नगरपालिका वडा नम्बर १ का युवा नेता तथा समाजसेवी म्याक्स क्षेत्रीले बझाङमा महरलाइ जिताउनुको विकल्प नभएको भन्दै बुङ्गल क्षेत्रबाट सबैभन्दा बढी मत महरको पक्षमा खस्ने बताएका छन ।
बुङ्गलका जनताले पनि नेता महरको आवश्यकता महसुस गरिसकेको उनको तर्क छ । उनले गाउँका समस्या सदन सम्म पुर्याउन महर नै आवश्यक रहेको समेत जिकिर गरे ।
नयाँ अनुहारका रुपमा रहेका महरको मुख्य प्रतीस्पर्धा ३ पटक निर्वाचित भइसकेका गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी सङ हुने छ । भानुभक्त जोशी पटकपटक मन्त्री तथा रज्यमन्त्री भए तर सिङ्गो उनले बझाङी जनताले सम्झन लायक कुनै काम नगरेको समाजसेवी क्षेत्रीको दावी छ । सोही कारण आउँदो निर्वाचनमा युवा नेता महर लाई मतदान गरिदिन पनि उनले आग्रह गरेका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240