व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास तालिम सञ्चालन


व्यावसायिक याेजना तथा उद्यमशिलता बिकास सम्वन्धि तालिम सञ्चालन भएको छ ।

जिल्लामा बिगत लामाे समय देखि जनसमुदायकाे सेवामा निरन्तर लागिपरेको दलित सहयाेग समाजकाे आयाेजनामा ६ गते देखि १० गते सम्म तालिम सञ्चालन गरिएको हाे । सीप तालिममा केदारस्यु गाउँपालीकाका विभिन्न समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुलाई ५ दिने तालिम सञ्चालन गरिएको दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बिकले बताए ।

दलित सहयाेग समाजले समाज रुपान्तरण दिगाे बिकासकाे आधारमा समुदाय परिवर्तन गर्दै आएकाे पाईन्छ । समुदायमा समुदाय रुपान्तृत जिविकाे पार्जन गर्न विभिन्न तालिम दिदै आएकाे पाईन्छ । यहीँ ६ गते हाेटेल हाेलिडे ईन बझाङकाे सभाहलमा सञ्चालन भएको तालिम दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल बिककाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि वर्ल्ड भिजन बझाङका प्रमुख तिलक केशी बिशिस्ट अतिथि दलित सहयाेग समाजका सस्थापक अध्यक्ष सुनिल नेपाली सहति विभिन्न स्थानका जनसमुदायहरु उपस्थिति रहनुभएकाे थियाे । कार्यक्रम सञ्चालन दलित सहयाेग समाजका लेखा अधिकृत विजय जाेशीले गर्नुभएको हाे ।

जिल्लामा दलित सहयाेग समाज र वल्डभिजनले विभिन्न सँघ सस्था सँग सहकार्य गर्दै आएकाे भन्दै प्रमुख अतिथि रहनु भएका केशीले भने,आफ्नाे सस्थाले गरेका घर समाजका कार्यलाई कस्ताे लाग्छ । कसरी यसलाई प्रभावकारी पार्न सकिन्छ भन्ने बिषयमा जानकारी गराउनु पर्ने हुन्छ । यस तालिममा घरेलु उद्योग विकास समिति बझाङका बरिस्ठ प्रशिक्षक दशरथ जप्रेलले तालिम दिने भएको छन । आज देखि सञ्चालन भएको व्यावसायिक याेजना जिविकाे पार्जन सम्वन्धि तालिममा दलित सहयाेग समाजका सँस्थापक अध्यक्ष सुनिल नेपालीले स्वागत मन्तव्य राख्नु भएको थियाे । तालिम केदारस्यु गाउँपालीकाका विभिन्न समुहमा आवद्ध भएकाहरुलाई दिएकाे हाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240