गेटामा मेडिकल विश्वबिधालय नबनाएर भैसीगोठको रुपमा परिणत गर्ने खोजियो : एमाले सचिब भट्ट

कैलाली (चुरे)-कैलाली -४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उम्मेदवार लेखराज भट्टले क्षेत्र नम्बर ४ का जनताको शिर झुकाउने गरी कुनै काम नभएको दाबी गरेका छन् । चुरे गाउँपालिका ५ खानिडाडामा स्थानियलाई आज सम्वाेधन गर्दै जनताका गुनासा सुन्न आफु सधैं तयार रहेको बताए । उनले जनप्रतिनिधी भएपछि जनताका धेरै गुनाशा माग हुने भएकाले आफु सधैं जनताका कुरा सुन्न तयार रहेको जिकिर गरे । हामी जनतालाई शुखी बनाउने योजना मा थियौ । ‘एमाले सरकारको पालामा जनताको पक्षमा धेरै काम हुँदै थिए तर पार्टी भित्र नै अन्तरसंघर्ष अस्वस्थ भयो, अन्तरद्वन्द भयो, पार्टी तीन चिरामा गयो । जसको कारण परमादेशी सरकार आयो,’ भट्टले भने.’ यो गठबन्धन सरकारले ढेड बर्षमा केही गरेको छ त ? यसो हेर्यो भने जनता र देशको पक्षमा केही पनि गरेको देखिन्न । त्यसैले यो देशका जनतालाई शुखी बनाउन एमालेको आबश्यकता छ । रास्ट्रियता जोगाउन एमालेको आबश्यकता छ । एमाले छ भने मात्रै देश छ।’ उनले गेटा मेडिकल कलेजलाई विश्वबिधालय बनाउन आफुले खोजेको तर अहिले को सरकारले गेटालाई अस्पताल को रुपमा र भैसीगोठको रुपमा परिणत गर्ने खोजेको आरोप लगाए । ‘डडेल्धुरामा मेडिकल कलेज लैजाने रे । डडेल्धुरामा मेडिकल कलेज बनाउँदा हामीलाई केही आपत्ती छैन । तर गेटामा मेडिकल विश्वबिधालय हुनै पर्दछ । यो यँहाका जनताको आबश्यकता हो, यस क्षेत्रको आबश्यकता हो तपाईं हाम्रो आबश्यकता हो,’ भट्टले भने। एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्टले कैलालीको पहाडी क्षेत्र चुरेमा एमाले सरकार कै पालामा अहिले सम्म कै धेरै बजेट आएको दाबी गरे। उनले चुरेका बाढी पीडितहरुको समस्या समाधानको लागी बिगतमा पनि आफुले प्रयास गरेको र अझै पनि उक्त समस्या समाधानको लागी पहल गर्ने आस्वासन दिए । (गोबिन्द रोस्यारा गोदावरी एफ एम बाट )

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240