बझाङ बझाङको थलारा गाउँपालिका-८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।थलारा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा वसन्त पञ्चमी’तथा सरस्वती पुजाको अवसर पारी आयोजित वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम शुक्रबार दोस्रो दिन एमरल्ड ईडन एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको हो । वडाका बालबालिकाको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको मुल्यांकन गर्नका
गृहमन्त्री रवि लामिछानेको सांसद र गृहमन्त्री दुबै पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । यसमा लामिछाने दोषी ठहर भएका हुन् । उनको सांसद पद गएसँगै अब उनले जितेको चितवन–२ मा अब उपनिर्वाचन हुने भएको छ । सर्वोच्चले उनी सांसद
कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा आयाेजना गरि एक कार्यक्रमका विच मिलन केन्द्र बझाङले जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्वागत गरिएको हाे । जिल्ला प्रशासनकाे सभाहलमा आयाेजित एक कार्यक्रममा मिलन केन्द्रका अध्यक्ष शान्ती कुमारी अवस्थीकाे अध्यक्षतामा मिलन केन्द्रका सबै पदाधिकारीहरुले स्वागत गर्नु भएको थियाे
जिल्ला अस्पताल बझाङमा सञ्चालीत ३ दिने आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल र आँखा अस्पताल बझाङ सहित जिल्ला अस्पताल बझाङकाे आयाेजनामा र जिल्ला अस्पताल बझाङकाे सहजिकरणमा ३ दिने आखा शिविर सञ्चालन भएको थियाे । गेटा आँखा अस्पतालले दुर्गम जिल्ला बझाङमा पुगेर शिविर सञ्चालन गर्दा जिल्लाका बासिन्दाहरु खुसि भएका थिए
कैलालिमा भुमिहिनलाइ जग्गाको लालपुर्जा दिने कार्य सुरु हुने भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकामा भुमिहिनलाइ पालिकाको निर्णय अनुसार त्यो पालिकाका भुमिहिन, दलित तथा सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन यहि फागुन १ गते देखि नक्सा नाप कार्य सुरु हुने भएको छ । बिहिबार एक सुचना जारी गर्दै पालिकाले भुमिहिनलाइ जग्गा दिन वडा नं. ३ बाट जग्गाको नाप
कैलालीको इलाका प्रहरी कार्यालय भजनीको आयोजनामा भजनी स्तरीय समन्वय समिती गठन गरीएको छ ।जिल्लाको भजनी नगरपालिका भित्रका स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धीजिवी तथा पत्रकारहरुको उपस्थितिमा भजनी नगरपालिका कार्यालयको वडा क्षेत्र अन्तर्गत हुने बिभिन्न किसिमका घटना, दुर्घटना र अवाञ्छनिय गतिबिधिहरुलाई रोक्न र त्यस्ता किसिमका घटनाहरुबाट थप क्षति हुनबाट रोकथाम गर्नका लागी समिति गठन गरिएको छ । बुधबार
कैलालीको बर्दगोरिया गाउँपालिकाको विभिन्न स्थानबाट प्रहरीले अबैध रुपमा घरमा उत्पादन गरेको मदिरा र पेट्रोल बरामद गरेको छ । बिहीवार पालिकाको वडा नम्बर १ र ४ का बजार र गाउँक्षत्रबाट अबैध रुपमा तयार पारिएको मदिरा र पेट्रोल बरामद गरि नष्ट गरिएको छ । वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम, वडा नं ४ का वडाध्यक्ष जगत
जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा रहेकाे जयपृथ्वी नगरपालिकाको ११ औं नगरसभा सम्पन्न सम्पन्न भएको हाे । नगरपालिकाकाे सभाहलमा सञ्चालन भएको कार्यक्रम सभा अध्यक्ष नगरपालिकाका मेयर चेतराज वजाल रहनुभएकाे थियाे । नगरसभामा कार्यपालिका सदस्यहरु सबै नगरसभा सदस्यकाे रुपमा रहनुका साथै उपमेयर रतन बहादुर सिँहले विभिन्न विषयमा जानकारी गराउनु भएको हाे
सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा निर्माण कम्पनीसँगका ठेक्का तोड्ने र उनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको छ। कार्यालयले मंगलबार सूचना जारी गर्दै निर्माण व्यवसायीहरुसँग ठेक्का नतोड्ने कारण भए लिखित स्पष्टीकरण पेस गर्न ७ दिनको समय दिएको छ। कार्यालयका अनुसार यसअघि ३० दिनको समय दिँदा पनि कम्पनीहरु सम्पर्कमा नआएपछि अन्तिम मौका दिइएको हो। विभिन्न प्रकारका निर्माण
मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। भूकम्पका कारण भएको