कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत

कर्मचारी मिलन केन्द्र बझाङद्वारा सिडियाे पाण्डेयलाई स्वागत गरिएको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा आयाेजना गरि एक कार्यक्रमका विच मिलन केन्द्र बझाङले जिल्लामा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्वागत गरिएको हाे ।

जिल्ला प्रशासनकाे सभाहलमा आयाेजित एक कार्यक्रममा मिलन केन्द्रका अध्यक्ष शान्ती कुमारी अवस्थीकाे अध्यक्षतामा मिलन केन्द्रका सबै पदाधिकारीहरुले स्वागत गर्नु भएको थियाे । पुर्व प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल बिदाई भई गएसँगै प्रमुख जिल्ला अधिकारीमा नारायण पाण्डेय जिल्लामा आउनु भएको छन । स्वागत कार्यक्रममा सिडियाे पाण्डेयले भन्नू भयाे,बझाङ बिकासमा सबैले हातेमालो गर्नुपर्छ । याहाँका राजनीतिक दल सँघसस्था बुद्धिजीवी पत्रकार नागरिक समाज लगाएत सबै विकासमा जुट्नु पर्ने र प्रशासनले दिने सेवामा आफुले राम्रो भुमिका मात्र नभई जनतालाई र याहाकाे विकासमा सधै सहयाेग रहने उहाँको भनाइ रहेकाे थियाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240