नुहाउने क्रममा कैलालीमा नदीमा डुबेर बालिकाको ज्यान गयो

धनगढी कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर ज्यान गएको हो।

आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240