बाजुराको मैला केन्द्रबिन्दु बनाएर सुदूरपश्चिममा भुकम्प

मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मैला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। 

भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

भूकम्पका कारण भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नयन रावलले भूकम्पको धक्काका कारण धेरै मानिस घर बाहिर आए पनि अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको बताए। 

‘ठूलै झट्का महशुस भएको थियो। सदरमुकाम आसपासका बासिन्दाहरू ठूलो संख्यामा घरबाहिर छन्। क्षतिको कुनै विवरण आएको छैन,’ रावलले भने,‘सूचना आउनेबित्तिकै उद्धारका लागि टोली तैनाथ छ।’ (सेतोपाटी)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240