मानसिक स्वास्थ्य सेवा लिइरहेका व्यक्तिलाइ बाख्रा वितरण
युनाइटेड मिसन टु नेपाल एमडिटी र दलित सहयाेग समाज परियाेजनामा सञ्चालीत मानसिक स्वास्थ्य परियाेजना अन्तर्गत बुङगल नगरपालिका वडा नम्बर १/३/४ मा रहेका ५ जना मानसिक मानसिक स्वास्थ्य सेवा लिईरहेका सेवाग्राहीलाई बाख्रा वितरण गरिएको हाे ।

सस्थाले उनिहरुकाे उपचार गर्नुका साथै,सेवा लिईरहेका नगरपालिकाका ५ जना लाई पचास हजारका दरले बाख्रा बितरण गर्नु भएको फिल्ड सँयाेजक बिष्ना बम्म सिँहले बताए । उनले भने,अहिले मानसिक सेवा ग्राहीलाई राम्रो भएको देखिन्छ । र उनकाे घरपरिवारबाट आर्थिक रुपमा कुनै असर नपराेस भनि,सस्थाले आर्थिक आएआर्जनमा कमि नहाेस भनी बाख्रा वितरण गरिएको हाे ।

सेवा ग्राहिले आफैले बाख्रा आफुले चाहे अनुसारको ल्याउने र सस्थाले पैशा वेहाेर्ने भन्ने उद्शयका साथ सेवा ग्राहिले कस्तो किनेको छन । भन्ने हेतुका साथ दलित सहयाेग समाजका कार्यकारी निर्देशक सुनिल नेपाली दलित सहयाेग समाजका अध्यक्ष माेहनलाल विक परियाेजनाका सँयाेजक बिष्ना बम सिँहले घरघरमा गएर अनुगमन गर्नु भएको थियाे । अनुगमनकाे क्रममा धेरै राम्रो बाख्रा किनेको पाईन्छ । व्यावसायिले आफैले बाख्रा घरमा ल्याउने र अनुगमन पछाडि सस्थाले बिक्रीकताकाे खातामा पैशा हालिदिने बताएको छ । यसरी सहयाेग गरेको भन्दै,स्वास्थ्य सेवा ग्राहीहरु खुसि भएकाे देखिन्छन । व्यावसाय अगाडि बढाउने उहाँहरुकाे भनाइ थियाे ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
