नेकपा(बहुमत) निकट अखिल क्रान्तिकारी कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ ।

नेकपा(बहुमत) निकट अखिल क्रान्तिकारी कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको उद्घाटन गरेको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कैलालीले प्रज्वल संगठन सुदृढीकरण अभियानको थालनी गरेको छ । आईतबार कैलालीको धनगढी स्थित कैलाली बहुमुखी क्याम्पस बाट उक्त अभियान उद्घाटन गरेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै संगठनका फेक्सन ईन्चार्ज क. रमेश साउदले विप्लवहरुले महान सहिदहरुको सपनालाई छोडेर संसदिय संसोधनबादमा विलय भएको बताउनु भयो । उहाले भन्नुभयो “व्यक्तिगत इच्छा आकङ्क्षालाई तिलान्जली दिदै वर्गिय मुक्तिको लागि आन्दोलनमा होमिएर सिङ्गो जिबनको बलिदानि दिने सहिद र सहिदका सपनाहरुको वेवास्ता गरेर विप्लवहरुले अझै पनी क्रान्तिका मिठा सपना बाडेर कसैले विश्वास नगर्ने प्रष्ट्याउनु भयो ।”

यस्तै कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा कैलाली जिल्ला संयोजक सुनिल,जिल्ला सह संयोजक प्रकाश, विद्यार्थी नेता दिनेश जोशी,गौरी वोहोरा लगायत जिल्लाका अन्य अग्रज व्यक्तित्वहरुको आथित्यता रहेको थियो । सोही अवसरमा “नेपालको शैक्षिक समस्या र सामाधानका  बिषयमा व्यापक छलफल सम्पन्न भएको छ ।  कैलाली जिल्लाभर सन्चालन हुने उक्त अभियान मार्फत बिधमान शैक्षिक समस्याको खबरदारी र छलफल संगठन विस्तार तथा पुनर्गठन , विद्यार्थीको क्षमता अभिवृद्धिको लागि अतिरिक्त क्रियाकलापको आयोजना लगायतका कार्यक्रमहरु सन्चालन गरिने संगठनका जिल्ला संयोजक सुनिल भूलले जानकारी गराउनु भयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240