सिटिजन लाइफ इन्स्योरेन्स बौनिया शाखा द्वारा मृत्यु दाबी रकम हस्तान्तरण

सिटिजन लाइफले आज बीमितको घरैमा पुगेर २ लाख २५ हजार २०० सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ ।

कम्पनीको बौनिया शाखा कार्यालयले कैलाली जिल्लाको जोशिपुर गाउँपालिका वडा नं १ जोशिपुर निवासी स्व। वीर बाहादुर गडसिलाको श्रीमती सानु देवी कठायत लाई मृत्यु दावी भुक्तानी बापतको चेक रकम हस्तान्तरण गरेको छ ।
स्व। गडसिला २०७६साल जेठ २३ गते २ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । बीमा गरेको छोटो समयमा नै उनको निधन भएको थियो ।


उक्त रकम सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी टिकापुर एरिया प्रमुख ब्द्यः केशव गिरि, जोशिपुर गाउँपालिका वडा नं १ का अध्यक्ष रामचन्द्र चौधरी , बौनिया शाखा प्रमुख खडग सि गडसिला सुखड शाखा प्रमुख मोहन कुमार शाह एजेन्सी म्यानेजर धन बहादुर महरा ,केशव भण्डारी ,रण बहादुर बोहरा गणेश बहादुर वन्तोला र अन्य एजेन्सीका साथसाथै स्थानीय बासी हरु को उपस्थितिमा कम्पनीले चेक हस्तान्तरण गरेको हो ।

सो रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका टिकापुर एरिया प्रमुख केशव गिरि ले बीमा बचत ,दिधकालिन लगानीको साथसाथै आर्थिक सुरक्षा भएको बताउनुभयो ।
त्यसै गरी वडा न १ का अध्यक्ष रामचन्द्र चौधरीले बीमा सबैले आफ्नो क्षमता अनुसार गर्नै पर्ने बताउनु भयो ।
मृतक बीमितको श्रीमती सानु देवी कठायतका अनुसार ‘बीमा डबल मात्र नभई गाह्रो पर्दा साथ दिने रैछ भन्ने कुरा मैले बुझें र सबैलाई बीमा गर्न आग्रह गर्नुको साथै सिटिजन लाइफ इन्स्योरेन्स लाई धेरै धेरै धन्यवाद चाहन्छु’ उनले भनिन् ।


Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240