कैलालीको इलाका प्रहरी कार्यालय भजनीको आयोजनामा भजनी स्तरीय समन्वय समिती गठन


कैलालीको इलाका प्रहरी कार्यालय भजनीको आयोजनामा भजनी स्तरीय समन्वय समिती गठन गरीएको छ ।
जिल्लाको भजनी नगरपालिका भित्रका स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धीजिवी तथा पत्रकारहरुको उपस्थितिमा भजनी नगरपालिका कार्यालयको वडा क्षेत्र अन्तर्गत हुने बिभिन्न किसिमका घटना, दुर्घटना र अवाञ्छनिय गतिबिधिहरुलाई रोक्न र त्यस्ता किसिमका घटनाहरुबाट थप क्षति हुनबाट रोकथाम गर्नका लागी समिति गठन गरिएको छ ।

बुधबार भजनी नगरपालिकाका नगर प्रमुख चौधरीको संयोजकत्वमा १०(दश) सदस्यीय समन्वय समिति गठन गरिएको हो ।
समितीको उप–संयोजकमा नगरपालिकाकी उप–प्रमुख राजु तिरुवा रहेकी छन् भने समितीको सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय भजनीका प्रमुख रहेकाछन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240