२०७९ पुष ८, शुक्रबार ०४:३१
धनगढीसहित सैनिक अस्पतालहरूका लागि १०० भन्दा बढि करारमा कर्मचारी माग
धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो।

वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
