बझाङ आँखा शिविरमा ७०२ जनाले सेवा लिए


जिल्ला अस्पताल बझाङमा सञ्चालीत ३ दिने आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल र आँखा अस्पताल बझाङ सहित जिल्ला अस्पताल बझाङकाे आयाेजनामा र जिल्ला अस्पताल बझाङकाे सहजिकरणमा ३ दिने आखा शिविर सञ्चालन भएको थियाे । गेटा आँखा अस्पतालले दुर्गम जिल्ला बझाङमा पुगेर शिविर सञ्चालन गर्दा जिल्लाका बासिन्दाहरु खुसि भएका थिए ।

बझाङमा १२ वटा स्थानीय तहरुका दुरदराज बाट आएका आँखा सम्वन्धि समस्या भएका मानिसले सेवा लिएको गेटा नेत्र सहायक खडक भाटले बताए नेपाल नेत्रज्योति सँघ गेटा आँखा अस्पताल आँखा अस्पतालकाे आयाेजनामा भएको शिविरमा जिल्लाका ७०२ जनाले सेवा लिएको जिल्ला अस्पताल बझाङ प्रमुख डाक्टर नवराज जाेशीले बताउनु भयाे ।

जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरले जिल्लाका दुरदराजमा अवस्थित बाहिरी उपचार गर्न नसक्ने गरिवहरुले सेवा पाएकाे स्राुतकाे भनाइ छ । बझाङ बाट धनगढी काठमाडौ अर्थात बाहिरी उपचार गर्न जादा लाखौं रुपैयाँ खर्च हुने भएता पनि यहीँ शिविर सञ्चालन भएपछि अहिले बचत भएको अनुमान गर्न सकिन्छ । उपचारको क्रममा स्थानीयहरुलाई विभिन्न गाउँपालीकाले पनि सहजिकरण गर्दै आँखा सम्वन्धि समस्या भएका बुढापाकालाई छविस पाथिभेरा गाउँपालीका मष्टा गाउँपालीका,तलकाेट गाउँपालीकाले प्रत्येक्ष सहयाेग गर्दै गाउँपालीका अध्यक्ष कलक राेकाया ज्ञानबहादुर बाेहरा बसन्त चलाउने अस्पतालमा जनताको सेवामा रहेकाे ७५ बर्षिया बृद्धले बताए । शिविरमा ७०२ जनाले सेवा लिएता पनि अप्रेसन भने २५३ काे मोतिबिन्दुकाे अप्रेसन सफल भएको हाे । फेरि जिल्लाकाे केदारस्यु गाउँपालीकामा १४ गते देखि १७ गते सम्म ३ दिने आँखा शिविर रहेकाे केदारस्यु गाउँपालीका अध्यक्ष गणेश बाेहराले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240