Category: राष्ट्रिय समाचार

राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री र सभामुखमा पालैपालो:

नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष

धनगढीसहित सैनिक अस्पतालहरूका लागि १०० भन्दा बढि करारमा कर्मचारी माग

धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो। वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड

बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट, दुई वडाका दर्जनौ जना घाइते

बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ।जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जति जना घाइते भएका छन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण

दुई वर्षपछि बढ्दैछ ओली–प्रचण्ड को सम्बन्ध

७ पुस, काठमाडौं । ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटनसँगै अलग भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ वर्षसम्म राम्रो सम्बन्ध रहेन । संसदमा होस् वा सार्वजनिक मञ्चहरुमा पनि उनीहरु दुवैले एकअर्काको चर्को आलोचना गरे । तर प्रतिनिधिसभा निर्वाचनसँगै दुई नेताको सामिप्य बढ्दो छ, जुन दुबैले लुकाएका छैनन् । बिहीबार प्रतिनिधिसभा सदस्यको

नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित

नेपाल चिकित्सक संघको कोषाध्यक्ष पदमा डा प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा उम्मेदवारी दिएकी प्रगतिशील समूहकी डा अन्जना महर्जनको निर्वाचनका लागि तोकिएको योग्यता नपुगेपछि उम्मेदवारी नै खारेज भएको छ। डा महर्जनको उम्मेदवारी खारेज भएसँगै कोषाध्यक्षमा प्रजातान्त्रिक समूहका डा जोशी मात्र उम्मेदवार भएका छन्। उनको प्रतिस्पर्धी कोही नभएपछि उनी पनि निर्विरोध भएका हुन्। संघको पदाधिकारीमा उम्मेदवार

बेलडाँडी पालिकाद्धाराअस्पताल निर्माणका लागि दोस्रो पटक घर टहरा हटाउन ७ दिने सूचना जारी

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ । वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको

तारा एयरको जहाजमा चरा ठोक्कियो

 नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ।  दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए। बचन राज

समानुपातिकको मतगणना सकियो, नेकपा एस बनेन राष्ट्रिय दल

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएका कुन दलले कति सिट पाउने भन्ने सबले चासोका साथ हेरिरहेका छन् । निर्वाचन आयोग पनि समानुपातिकतर्फको मतगणना सकिए लगत्तै अहिले दलले प्राप्त गर्ने सिट बाँडफाँटमा जुटेको छ। आज रातिसम्म थ्रेसहोल्ड कटाएका दलले पाउने सिट संख्या निकालेर दललाई

दार्चुला मा फेरि भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको

बझाङको छबिसमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको घरमै पुगेर नेता महरद्वारा संवेदना प्रकट

बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ । नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत
Facebook700
Follow by Email20
Twitter240