बेलडाँडी पालिकाद्धाराअस्पताल निर्माणका लागि दोस्रो पटक घर टहरा हटाउन ७ दिने सूचना जारी

बेलडाँडी गाउँपालिकाद्धारा १५ शैया अस्पताल निर्माणका लागि निर्माण स्थलमा रहेका घर टहरा हटाउनका लागि दोस्रो पटक ७ दिने सूचना जारी गरेको छ ।

वडा नं. २ स्थित पूर्वमा चवन्नी बेलडाडी सडक, पश्चिम लटिनाथ मालिकार्जुन मन्दिर, उत्तर बसपार्क र दक्षिण रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस चार किल्ला भित्रको सरकारी तथा सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणको ठेक्का स्विकृत भई सम्झौता समेत भई सकेकोले अस्पतालको निर्माण कार्य सुचारु गर्न सो क्षेत्रभित्र रहेका घर टहरा हटाउन हुन भनि मिति २०७९/०४/२६ गते ३५ दिने सार्वजनिक सूचना जारी गरिएकोमा हालसम्म पनि घर टहराहरू नहटाउँदा निर्माण कार्यमा अवरोध भईरहेको जनाउदै दोस्रो पटक समेत घर टहरा हटाउनका लागि ७ दिने सूचना जारी गर्दै तत्कालै अस्पताल निर्माण कार्य शुरु हुने भएकोले आ-आफ्ना घर टहराहरु हटाउन हुन सम्बन्धीत सबैको जानकारीको लागि पुनः सार्वजनिक सूचना प्रकाशित गरिएको पालिकाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240