शिखर नगरपालिका डोटी मा चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन
डोटी जिल्लाको शिखर नगरपालिकाले माघ २६ गतेदेखि २८ गतेसम्म चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ। प्रतियोगिता बिहिवार नगरप्रमुख दिर्घ बहादुर बलायर द्वारा समुद्घघाटन गरिएको छ ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका लागि नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत गरि १४ विद्यालयहरु सहभागि भएका छन। नगरपालिकाले प्रतियोगिता संचालन को अवधीभर लागु पदार्थ सेवन तथा बिक्रि वितरण बन्देज गरेको छ ।

प्रतियोगिता श्री हरिहर माध्यामिक विद्यालय तलकोट डोटि को प्राङ्गणमा हुदैछ सहभागी विद्यालयले माघ २६ गतेदेखि २८ गतेसम्म सम्पुर्ण खेलहरु खेलाइ सक्नुपर्नेछ।

प्रतियोगिताको टाईसिट गोलाप्रथाद्बारा माघ २६ गते सार्वजनिक गरिएकोआयोजकले जनाएको छ।
प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ।

प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ।
प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउने छन् ।
एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रीले खेलको रुपमा महिला तथा पुरुष रीलेको प्रत्येक इभेन्टमा १/१ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा २ खेलाडीहरुलाई सहभागी गराउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८००ग्राम , सटफुट १२ पाउण्ड
छात्राः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ६००ग्राम , सटफुट ८ पाउण्ड।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
