बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट, दुई वडाका दर्जनौ जना घाइते

बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ।
जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जति जना घाइते भएका छन्।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै दबाब दिनका लागि मेलौली नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले मंगलबार नगरपालिकामा तालाबन्दी गरेका थिए। त्यसका विरुद्धमा वडा नम्बर १ का बासिन्दाले बुधबार नाराबाजी गरेका थिए। उनीहरुले वडा नम्बर १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने र त्यो कार्य नगरपालिकाले अगाडि बढाउनुपर्ने माग गरेका छन्। बिहीबार दुवै पक्षले नाराबाजी गर्दै गर्दा कुटाकुट भएको हो। कुटाकुमा वडा नम्बर ७ का २५ जना घाइते भएका छन् भने वडा नम्बर १ का १० जना घाइते भएको छन्।

अस्पतालको नाममा वडा नम्बर १ र ७ दुवै ठाउँमा जमिन छ। तर कुन ठाउँमा अस्पताल बनाउने भन्ने विषयमा विवाद रहेको हो।२०७० सालदेखि अस्पताल निर्माणको कुरा उठेपनि स्थानीयहरुको विवादले अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन। अस्पतालकै विषयलाई लिएर दुवै पक्षले बेलाबेला नगरपालिकामा तालाबन्दी गर्दै आएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240