क्यानसर पिडित शाहिको लागि सहयोग गर्न एमालेका केन्द्रीय सदस्य ऐन महरको सबैमा अपिल
नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरले ब्लड क्यान्सरले काठमाण्डौको सिभिल अस्पतालको मिन भवनमा छटपटाइरहेका बझाङ जयपृथ्वी नगरपालिका १ कैलासका ३५ बर्षिया चक्र बहादुर शाहीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

मंगलबार दिउसो सिभिल अस्पताल पुगेर नेता महरले शाहीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर स्वास्थ्य लाभको कामना गरेको शाहीका आफ्न्तले बताएका छन् ।
झण्डै एक महिनादेखि काठमाण्डौको सिभिल अस्पताल मिन भवनमा उपचाररत शाहीलाई आर्थिकको समस्या भएको भन्ने खबर पाएपछी नेता महर अवस्था बुझ्न आज अस्पताल पुगेका थिए । महरले सामाजिक संजाल फेसबुकमा उपचार असाध्यै महोङ्गो भएकाले सक्दाे आर्थिक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
