देउवा र प्रचण्डबीच आगामी सरकारबारे छलफल


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेट भएको छ। चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ।

दुई नेताबीच चुनावको नतिजा र आगामी सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। अन्तिम नतिजा नआए पनि हालसम्मको परिणामले सत्ता गठबन्धनको बहुमत आउने देखिएकाले यी दुई नेताबीच भएको शनिबारको छलफललाई नयाँ सरकार गठनको तयारीका रुपमा बुझिएको छ।
विज्ञापन

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहे पनि समानुपातिकतर्फको गणना भने बाँकी छ। चुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
