एमाले संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ
नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा नियुक्ती दिएको छ।

आज पार्टी अध्यक्ष एवंम संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेतामा नियुक्ति दिएका हुन्।
अघिल्लो प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए। नेम्वाङ राष्टपतिको निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार भएका थिए । उनी रामचन्द्र पौडेलसंग पराजित भएका थिए। त्यसैगरी हिजो नेता केपी ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई चयन गरेका थिए।
नेकपा एमालेको प्रमुख सचेतकमा पूर्व स्वास्थ्यमन्त्री पदम गिरी चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा गिरीलाई र सचेतकमा महेश बर्तौलालाइ चयन गरेको हो।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
