दार्चुला मा फेरि भारतीय पक्षबाट सीमा पुल बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ । नेपाली प्रशासनले भने भारतले पुल बन्द गरेको बारे आफूहरूलाई जानकारी नभएको जनाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको थियो । भारतीय पक्षबाट सीमा पुल बन्द गरेको बारेमा आफूहरुलाई केही जानकारी नआएको उनले बताए ।
‘भारततिर कुनै कार्यक्रम हुन सक्छ । त्यसको हामीलाई कुनै जानकारी छैन,’ उनले भने, हिजो हाम्रोतर्फका बङ्गाबगरबासीले भारतीय पक्षले महाकालीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धलाई रोक्न माग राख्दै स्थानीयले आक्रोशमा दुई घण्टा पुल बन्द गरेका थिए ।’ स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा नभएको उनले बताए ।
पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240