Category: बझाङ

पर्यटकीय सम्भावना बोकेको बझाङको बारिल झर्ना ओझेलमा पर्दै

बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र

झन् जिर्ण बन्दै बझाङको उत्कृष्ट सामुदायिक विद्यालय बाल मन्दिर, सरोकारवालाको ध्यान गएन

बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा रहेको एकमात्र सामुदायिक विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ । यो स्कुलमा भर्ना हुनका लागि जिल्लाका विभिन्न स्थानहरुबाट आएका विद्यार्थीहरु बिच प्रतिस्पर्धा नै हुने गर्दछ तर विडम्बना जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बाल मन्दिरका भौतिक संरचना निकै जिर्ण अवस्थामा छन् । यतिमात्र होइन अत्याधिक चापका कारण तिनै जिर्ण संरचना समेत

बझाङको चैनपुर सुर्मा सडक अलपत्र, ठेकेदार पेश्की लिएर सम्पर्क बिहिन

जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका जोड्ने प्रमुख पर्यटकिय सडक विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ तर ठेकेदार भने झन्डै आधा भन्दा बढी रकम लिएर सम्पर्क बिहिन भएका छन् । झण्डै पाँछ वर्ष अघि ट्र्याक खोलिएको चैनपुर दमदुर कुचा सुर्मा सडक खण्डको स्तरोन्नतिका लागि पुर्वाधार विकास कार्यालय बझाङ र CAB कन्स्ट्रक्सन बिच २०७७ पौष

बझाङको पाण्डु मा वि मा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जयपृथ्वी नगरपालिका- ३ पडेस स्थित पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बिहिवार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवाकार्य अन्तर्गत पाण्डु माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थी परिषद्का

करोडौंमा निर्माण सम्पन्न भएको एक महिना पनि नपुग्दै जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङलाई अन्य जिल्लासँग यातायात सञ्‍जालमा जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जालेबगर खण्डमा मंगलबार रातभर पानी परेपछि सेती नदिको बहाव बढ्न जाँदा सडक नै बगाएपछि यातायात अवरुद्ध भएको हो ।गत वर्ष मंसिरमा आएको बेमौसमी वर्षाका कारण अवरुद्ध भएको सो सडक निकै ठूलो बजेटमा भर्खरै जेष्ठमा मात्र सम्पन्न गरिएको

बझाङमा नुहाइरहेकी किशोरीमाथि जर्वजस्तीकरणिको प्रयास

बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको बुङ्गल नगरपालिका ४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी रहेका छन्।१७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेको बेला बलात्कारको प्रयास गरेका प्रहरीले जनाएको छ । नेगीले किशोरीलाई धाराभन्दा केही तल

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

पछिल्लो समय बर्खामासमा पहाडि जिल्लामा भिरबाट खसेर ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको छ । यहि असार २५ गते फेरि बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

बझाङमा वडासदस्यको मृत्यु

बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका ७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो। बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।
Facebook700
Follow by Email20
Twitter240