पर्यटकीय सम्भावना बोकेको बझाङको बारिल झर्ना ओझेलमा पर्दै
बझाङ : जिल्लाको जयपृथ्वी नगरपालिका ८ खाराबगरमा रहेको बारिल झरना यतिखेर ओझेलमा पर्दै गएको छ । कुनै पनि निकायद्बारा झरनाको संरक्षण र सम्वर्द्धन हुन नसकेपछि बारिल झरना ओझेलमा पर्दै गएको हो। प्राकृतिकरूपमा निकै सौन्दर्य बोकेको बारिल झरना संरक्षणका लागि पर्खाइमा रहेको छ । पर्यटकीय सम्भावना बोकेको यो झरना सदरमुकाम बाट झण्डै पाँच किलोमीटरको दुरिमा मात्र रहेको छ ।
करिब २०० मिटर लम्बाइ रहेको बारिल झरना पर्यटकीय क्षेत्रका हिसावले निकै भरीपूर्ण छ। पर्यटकीय आकर्षणको रूपमा रहेको बारिल झरनाको समयमै संरक्षण र सम्वर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यको रुपमा चिनाउन सकिने प्रचुर सम्भावना रहेको देखिन्छ ।
चारैतिर घना जंगलको बीचमा अवस्थित बारील झरना प्राकृतिक रुपमा निकै शोभायमान भएता पनि यस झरनाको प्रचार प्रशार भने अझै हुन सकेको छैन।सदरमुकामबाट उक्त झरना नजिकैको दूरीमा रहेकाले शनिवार तथा विदाको दिन झरनाको अवलोकन गर्नेहरूको भीड लाग्ने गर्दछ।

बारील झरनालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि केही पूर्वाधार नगरपालिकाको अघिल्लो सरकारले गरेको भएपनि ती सामान्य पुर्वाधार पनि संरक्षण नहुँदा भत्किन आँटेका छन्
जिल्ला बाहिरबाट सदरमुकाम चैनपुरसम्म आउने केही यात्रु यहाँको पर्यटकीय क्षेत्र बारील झरनाको अवलोकन गर्ने गर्दछन्। सदरमुकाम चैनपुरबाट ५ किलोमिटरको दूरीमा रहेको बारील झरना सौन्दर्यताका हिसावले पर्यटकीय क्षेत्र बनाउन सकिने निकै सम्भावना रहेको छ।
प्राकृतिक सौन्दर्यता बोकेको बारील झरनालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय निकाय तथा प्रदेश सरकारलाई स्थानीयबासीले माग गरेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
