बझाङको एक युवती भारतमा झुन्डिएको अवस्थामा फेला

बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी मृत फेला परेकी मृतका मामा पदम धामीले जानकारी दिए ।
उनलाई झुण्डिएको अवस्थामा उनीकि दिदी आर्जु थापाले फेला पारेकी थिइन् ।

उनका अनुसार आयुसु ब्याङ्ल‍रमै स्टाफ नर्स बढिरहेको थिइन् । घटनाको कारण भने खुल्न सकेको छैन ।
उनको सब परिवार रोजगारीका सिलसिलामा विगत केही वर्षदेखि ब्याङ्लोरमै बस्दै आएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240