बझाङमा बेवारिसे अवस्थामा महिलाको शव फेला

बझाङमा एक महिलाको शव फेला परेको छ । जिल्लाकोे थलारा गाउँपालिका – १ आर्सेबगर स्थित सेतीनदि किनारमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निररिक्षक रमेशदत्त अवस्थिले बताउनुभयो ।
केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको सिमाना नजिकै सेतीनदि किनारमा अन्दाजी २८÷३० वार्षीया महिलाको शव फेला परेको उहाँले बताउनुभयो । शवलाई आज सोमबार दिउँसो स्थानियहरुले देखेपछि जिल्ला प्रहरी कार्यलय बझाङबाट प्रहरी टोली घटनास्थल तर्फ गएको हो । महिलाको शव सडेको र नचिनिने अवस्थामा नदि किनारबाट निकालिएको थियो । मृतक महिलाको पहिचान अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रमेशदत्त अवस्थिले बताउनुभयो । अहिले घटनास्थलबाट मुचुल्का बनाएर पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी र्भैरहेको बताइएको छ । उक्त शवको पहिचान हुन आएमा मृतकका आफन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोध गरेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240