बझाङको पाण्डु मा वि मा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

बिज्ञापन

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले जयपृथ्वी नगरपालिका- ३ पडेस स्थित पाण्डु माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । नेपाल भारतको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा बिहिवार विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवाकार्य अन्तर्गत पाण्डु माविमा कक्षा ११ र १२ मा अध्ययनरत ६२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव प्राज्ञिक दिनेश कार्कीले भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा विधार्थिहरुलाई झाेला ,टाेपि,अङ्ग्रेजी डिस्नरि र जेमेट्रि बक्स, नेपाली शब्दकोष र नेपाली बृहत शब्दकोष वितरण गरिएको बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख चेतराज बजालले परिषदको यो सेवा कार्यको प्रसंशा गरि शिक्षामा सेवा गरेकोमा परिषदलाई धन्यवाद व्यक्त गर्दै । उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् । यस्तै पाण्डु माध्यमिक विद्यालयलाई पहिलो प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाण्डु माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं जयपृथ्वी नगरपालिका-३ का वडाअध्यक्ष गङग बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जयपृथ्वि नगरपालिका मेयर चेतराज बजाल रहेका थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, नगर उपमेउयर रतन बहादुर सिंह, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक तथा डिएसपी नेत्र केसि रहेका थिए । यस्तै कार्यक्रममा विद्यार्थी, शिक्षक अभिभावक, सञ्चारकर्मिको उपस्थिति रहेको थियो ।
पाण्डु माध्यामिक विधालयका प्रधानाध्यापक जनकराज उपाध्ययले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । शैक्षिक सामाग्री पाएपछि विद्यार्थी हर्षित भएका छन् ।

बिज्ञापन

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240