बझाङ जिप दुर्घटना भएकाहरुलाई तलकोट गाउँपालिकाले २ लाख सहयोग गर्ने
बझाङको तलकोट गाउँपालिकाले जिप दुर्घटनामा परी घाइतेहरुको उपचारका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले घाइतेको उपचारका लागि गाउँपालिकाबाट दुई लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको छ।
सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप हिजो बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल बझाङमा र एक जनाको उपचारका लागि धनगढी लैजादै गर्दा बागथलामा भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या ८ पुगेको हो ।
दुर्घटनामा परि मृत्युु हुनेमा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत, ५० सिन्की भण्डारी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।
यसअघि दुर्घटनामा परि घाइते हुनेको संख्या १६ जना रहेको थियो भने एक जनाको मृत्यु भएपछि अब १५ जना घाइते रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका(२ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा( १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।
घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। ५ जनाको अवस्था गम्भीर भएपछि धनगडी रेफर गरिएकोमा एक जनाको मृत्यु पछि अब ४ जना धनगढी लगिदै छ।
बझाङको प्रशिद्ध सिलदेवी मेला हेरेर घर फर्किने क्रममा दुर्घटना भएको थियो । जिप सडकबाट करिब दुई सय मिटर तल खोल्सामा खसेको थियो।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
