कैलालीका नगर पालीकामा दिगाे विकास द्वारा सामाग्री वितरण

कैलालिको भजनी नगरपालिका वार्ड नम्बर १ मा साना व्यवसायीलाई आवश्यक सामाग्री वितरण गरिएको छ । world vision international nepal र दिगो विकास समाजबाट पोषण तथा उत्थानशिल परियोजना अन्तर्गत रहि सो वितरण कार्यक्रम गरिएको हो ।

साना व्यवसाय सञ्चालन गरिरहेका र माथी उठ्न नसकी बन्द सम्म हुने अवस्थामा पुग्न आँटेका व्यवसायीलाई सो संस्थाले हरेक ठाउँमा आवश्यक सामाग्री वितरण गर्दै आएको छ । वडा कार्यालय संग समन्वय गरि त्यस्ता व्यवसायीलाई खोज गरि उनीहरुलाई चाहिने सम्बन्धि व्यवसायको सामान सो संस्थाले भजनी नगरपालिका वार्ड नं १,२,३,५ र ७ मा अनि टिकापुर नगरपालिका वार्ड नं ६,७,८,९ मा सम्पन्न गरेको छ । सो वडामा किराना पसलका ५ जना व्यवसायी , नास्ता पसलका ८ , मासु पसलका ४ र सिलाइँकटाइँका ३ जना व्यवसायी लाभान्वित भएका छन् ।

कार्यक्रममा सञ्चालक प्रेम पाण्डे, आयाेजना प्रमुख बिनाेद साह प्रमूख अतिथि वडा न २ दुर्गा पुन सभा अध्यक्ष दिगाे विकास समाजका अध्यक्ष राम बहादुर सुनार वडा प्रतिनिधि पत्रकार हरुकाे उपस्थीमा कार्यक्रम सम्पन्न भएको हो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240