करोडौंमा निर्माण सम्पन्न भएको एक महिना पनि नपुग्दै जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङलाई अन्य जिल्लासँग यातायात सञ्जालमा जोड्ने एक मात्र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
जिल्लाको जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने जालेबगर खण्डमा मंगलबार रातभर पानी परेपछि सेती नदिको बहाव बढ्न जाँदा सडक नै बगाएपछि यातायात अवरुद्ध भएको हो ।
गत वर्ष मंसिरमा आएको बेमौसमी वर्षाका कारण अवरुद्ध भएको सो सडक निकै ठूलो बजेटमा भर्खरै जेष्ठमा मात्र सम्पन्न गरिएको थियो । सो सडक हालै मात्र सुर्मा सरोबर कन्स्ट्रक्सनका सञ्चालक ( ठेकेदार ) शेर बहादुर बोहराले लगभग पाँच करोडको ठेक्कामा सम्पन्न गरेका थिए तर सम्पन्न गरेको एक महिना पनि पुरा नहुँदै सडक बगर बनेको छ ।
“ठेकेदारको लापरबाही, बिना इन्जिनियर मापदण्ड बिना नै सडक बनाएको कारण सेती नदिले सजिलै सडक कटान गरेको” स्थानीयहरु बताउँछन् ।
सडक अवरुद्ध भएपछि विभिन्न ठाउँबाट बझाङ आउने र बाहिरी जिल्ला जानेहरुलाई समस्या भएको छ नै जिल्लाकै विभिन्न ठाउँबाट बिरामी भई गाडी मार्फत् सदरमुकामस्थित जिल्ला अस्पताल आउनेहरुलाई पनि समस्या भएको छ । यस्तै सिकिस्त बिरामी भएर जिल्ला बाहिर रिफर गरिएका बिरामीहरु पनि समस्यामा परेका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
