डिआईजी सिंहकाे इन्ट्रीपछि कैलाली र कंचनपुर को प्रहरी प्रशासन सतर्कमा
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको निरीक्षण गरेका छन् । डिआईजी सिंहले गड्डाचौकि नाका र गौरीफन्टा नाकाको समेत अनुगमन गरेका छन यस्को साथै शुक्लाफाटा
राष्ट्रिय निकुञ्ज बाट हुने अवैध धन्दाहरुलाई निष्क्रिय पार्न प्रहरी लाई अलट गरेको छ ।

डिआईजी सिंहले प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् ।
प्रहरी हिरासत, भौतिक संरचना लगायतको निरीक्षणका साथै डिआईजी सिंहले प्रहरी कर्मचारीलाई पालना गर्नु पर्ने आँचरण व्यवहार तथा सेवाग्राहीहरू संगको बोली ब्यवहारका बारेमा निर्देशन दिएका थिए ।
डिआईजी सिंह केही दिन अगाडि मात्रै सरुवा भएर सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्न आएका थिए।
उनी जिल्लाको सुरक्षाका साथै प्रहरी कार्यालयको अवस्था बुझ्न अहिले प्रदेशका ९ वटै जिल्लाका प्रहरी कार्यालयको निरीक्षण गर्ने बताइ रहेका छन् ।
उनले गृहमन्त्रालयकाे ठाडाे निर्देशनमा यतिबेला चाेरी तस्करी र लागु पदार्थ नियन्त्रण तथा अपराध अनुसन्धानका विषयमा विशेष सुरक्षा संयन्त्र परिचालन गरेका छन् ।
डिआईजी सिंहकाे ईन्ट्रीले सुदूरका घुसखाेर प्रहरी र तस्करहरुकाे धन्दा ठप्प रहने अनुमान गर्न सकिन्छ भने यस अघि प्रहरीको तल्लाे निकाय देखि उपल्लाे निकाय सम्मकाे सेटिङ्गमा अबैध काराेबार माैलाएकाे थियाे।
डिआईजी सिंहकाे आगमनले जनतालाई विशेष किसिमको सुरक्षा र शान्तिकाे प्रत्याभूति दिलाउने विश्वास गरिएको छ ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
