सरसफाइमा आफै खटिँदै जयपृथ्वी नगरपालिकाका मेयर बजाल
बझाङ : संविधान दिवसको अवसरमा जयपृथ्वी नगरपालिकाले जिल्ला सदरमुकाम चैनपुर बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । उक्त सरसफाइ अभियानमा नगरपालिका मेयर चेतराज बजाल आफैं बजार सरसफाइमा निस्किएका छन् ।
सोमबार जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल, उपमेयर रतन बहादुर सिंह, वडाअध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी, नगरप्रहरी, सञ्चारकर्मी लगायत संयुक्त टोलिको उपस्थितिमा सदरमुकाम चैनपुर बजार परिक्रमा गर्दै सरसफाइ गरेका हुन् ।

चैनपुर बजार भित्रका प्रत्येक गल्लीगल्लीका नालिहरुमा बर्षौंदेखी थुपारिंदै आएको फोहोरका डिलहरु सोमबार संविधान दिवसले उठाएको छ । आफ्नो घर वरपर आफैंले सफा गर्नुपर्ने र सफा राख्न निर्देशन दिईएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
