बझाङको चैनपुर सुर्मा सडक अलपत्र, ठेकेदार पेश्की लिएर सम्पर्क बिहिन
जिल्लाको जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिका जोड्ने प्रमुख पर्यटकिय सडक विगत २ वर्ष देखि अलपत्र अवस्थामा छ तर ठेकेदार भने झन्डै आधा भन्दा बढी रकम लिएर सम्पर्क बिहिन भएका छन् ।
झण्डै पाँछ वर्ष अघि ट्र्याक खोलिएको चैनपुर दमदुर कुचा सुर्मा सडक खण्डको स्तरोन्नतिका लागि पुर्वाधार विकास कार्यालय बझाङ र CAB कन्स्ट्रक्सन बिच २०७७ पौष २ गते १४ करोड लागत अनुमान रहने गरि सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनी ले लगभग १४ किलोमिटर रहेको सो सडकलाई चौडा गर्ने, मेशिनरी वाल हाल्ने, जाली हाल्ने, नाला निर्माण गर्ने तथा ग्राभेल गरेर जिरो प्वाइन्ट देखि ७ किमि सम्म सडक कालोपत्र गर्ने सम्झौता भएको थियो । सम्झौताको अवधी गत श्रावण मसान्तमै सकिएको भएपनि काम भने ३५ प्रतिशत पनि मुस्किलले भएको पुर्वाधार विकास कार्यालय बझाङका प्रमुख धिरेन्द्र भट्ट निर्धक्कसंग भन्छन् अझ अचम्मको कुरा त के छ भने गरेको ३५ प्रतिशत काम पनि मापदण्ड विपरीत गरेको पाइएको छ । यति हुँदाहुँदै पनि पुर्वाधार विकास कार्यालय बझाङले आँखा चिम्लेर कामको सहि मुल्यांकन गरेको छ ।

सडक स्तरोन्नतिको काम समयमै सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएर लाभान्वित भन्दा पनि घरबार बिहिन हुने चिन्तामा छन् । वस्ती भएको ठाउँमा नाला निर्माण नगरि दिँदा बर्खामा माथिबाट आउने बर्खे भेल सिधै स्थानियको कच्ची घरभित्र गएर आधा दर्जन भन्दा बढी घरहरू विस्थापित हुने जोखिम छ सोही कारण कतिपय स्थानीयहरु छिमेकिको घरमा आश्रय लिन बाध्य छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
