२०७९ असार २५, शनिबार १७:०४
बझाङमा वडासदस्यको मृत्यु
बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका ७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो।

बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
