बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

जयपृथ्वी नगरपालिकालाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरीएको छ । “स्थानीय श्रोतको उपयोग , स्वामित्व र सहभागिता, पूर्ण खोप पालिका हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ आज एक कार्यक्रमका बिच जयपृथ्वी नगरपालिकालाई “पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरीएको हो । कार्यपत्र प्रस्तुत गदै स्वास्थ्य शाखा प्रमुख नैन बहादुर सिहँले चैत्रमहिना भरी घरधुरी सर्बेक्षण गरी ० देखि १५ महिना मुनिका ५ सय १० बालबालिका र १६ देखि ५९ महिना सम्म्का १ हजार १९ जना बालबालिका गरी १५ सय २९ बालबालिकाले पूर्ण खोप पाएर वडालाइ पूर्ण खोप वडा घोषणा गरेपछि आज नगरपालिकालाइ नै “पूर्ण खोप गाउँपालिका घोषणा गरीएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चेतराज बजालले पूर्ण खोप गाउँपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नेपाल सरकारको स्वास्थ्य क्षेत्रको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा रहेको पूर्ण खोप स्थानीय तह घोषणा कार्यक्रमलाई घोषणामा मात्र सिमित नराखि यसको दिगोपना सुनिश्चितताका लागि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमका अवसरमा आफ्नो मन्तव्य राख्दै नगरपालिकाका उप प्रमुख रतन बहादुर सिहँले पूर्ण खोप नगरपालिका घोषणा कार्यक्रम सम्म आईपुग्दा सहयोग गर्नुहुने स्वास्थ्य क्षेत्रका कर्मचारी र विशेष गरि महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैलाई गाउँपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्नुभयो । साथै उहाले अझै पनि बच्चाहरुको तथ्याङक पुरै समेट्रन नसकियको होकि भन्ने आभाष आफुलाइ भएको भन्दै तथ्याङक सँकलन गर्दा बालबालिकाको मौलिक हकलाइ बिशेष ध्यानमा राखेर काम गर्न अनुरोध गर्नुभयो । बालबालिका भबिष्यको कर्णधार भएकाले बालबालिकाको स्वास्थ्य अबस्थामा कुनै हेल्चक्रयाइ नगर्न अनुरोध गदै कुनै समस्या भए पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष शिवराज जोशी, उपप्रमुख रतन बहादुर सिहँ लगाएत अन्य अतिथिहरूले पूर्ण खोप घोषणा कार्यक्रम सम्बन्धि आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमका अवसरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सहयोग गर्ने १ देखी ११ सम्मका वडा अध्यक्षहरुलाइ सम्मान पनि गरीएको छ । जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बिशिष्ट अतिथी उपप्रमुख रतन बहादुर सिहँ रहनुभएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका कर्मचारी, १ देखी ११ सम्म्का वडा अध्यक्ष , कार्यपालिका सदस्य , महिला स्वास्थ्य स्वयमसेविका पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240