छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ द्वारा अपांग दलित र एकल महिलालाई वल्याङकेट वितरण गरिएको छ । जिल्लाकाे छविस पाथिभरा गाउँपालीका वडा नम्बर १ ले चिसाे बढेको भन्दै गरिव विपन्न सहित दलित परिवार सहित अपांगहरुलाई २५ वटा वल्याङकेट वितरण गर्नु भएको हाे । आज वडा नम्बर १ का विभिन्न बस्तीहरुमा वडा अध्यक्ष करनजङ्ग बहादुर सिँह
जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ५ काे सुतारी गाउँका प्रकाश खत्री तरकारी खेती गर्दै आईरहनु भएको छ । विगत लामाे समय देखि तरकारी खेती गर्दै आउनु भएका खत्रीले २०५४ सालमा सुरु गरेकाे तरकारी खेती अहिले ठुलाे मात्रामा फैलिएको पाईन्छ । तरकारी खेती आफ्नै लगानीमा २०५४ सालमा २४ रुपैयाँ बाट सुरु गरेका खत्रीले अहिले २५
बझाङ जिल्लामा बुधबार दिउँसो ३ बजे एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन ।जिल्लाको मष्टा गाउँपालिका वार्ड नं. १ डुम्राकोट स्थायी घर भएका धनबहादुर (धौले )ओखेडा झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेका छन । घरभन्दा करिब दुई किलोमीटर टाढा रहेको सिल्की भन्ने ठाउँमा उनलाई स्थानीयले झुन्डिएको अवस्थामा फेला पारेका हुन् । अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ
सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैनपुर स्वास्थ चौकिले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो । महिला स्वास्थ्य स्वयंसेविका दिवस सफल पारौं, जहाँ नारिको हित त्यहाँ समाजको जित, स्वास्थ महिला स्वयंसेविकालाई सम्मान गरौं लगायतका नारा लगाउँदै सदरमुकाम
थलारा गाँउपालिकाले एम्बुलेन्स खरिद नगर्दै मर्मत सम्भार खर्च छुट्याएपछि चौतर्फी आलोचना भइरहेको छ । केहि दिनअघि सार्वजनिक भएको थलारा गाउँपालिकाको परियोजना तथा कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९-८० का लागि एम्बुलेन्स मर्मत तथा सम्भार खर्च शिर्षकमा ५ लाख ७५ हजार विनियोजन गरिएको छ । एम्बुलेन्स नहुँदै मर्मत खर्च छुटाएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ
बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ । नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत
बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न भएको छ । आज जिल्लाकाे समन्वय समितिकाे सभाहलमा कार्यक्रम गरिएको थियोे । अपांग महासँघ बझाङका अध्यक्ष भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको
बझाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरी रहेका छन । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर रहेको प्रहरीले जनाएको छ । आज दिउसो साढे ४ बजे तिर सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो
बझाङ पुगेर सागर ढकालले नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा बझाङ जिल्लाका सह–इन्चार्ज ऐन महरलाई भेटेका छन् । ढकाल र महरले बझाङको बुंगल नगरपालिकामा रहेको कालंगा हाइड्रो पावरमा भेटघाट गरेका हुन् । डडेलधुराबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका ढकालले बझाङबाट प्रतिनिधी सभा सदस्यमा पराजित भएका महरलाई भेट्न बझाङ पुगेको बताएका छन् ।चुनावी अभियानकै क्रममा हजुरबुवा उमेरका
बझाङ जिल्ला मष्टा गाउँपालिका वडा नम्बर –१ को वडा भवनको शिलान्यास गरिएको छ । आइतबार मष्टागाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहरा र वडाध्यक्ष रामचन्द्र रोकायाको संयुक्त रुपमा भवनको शिलान्यास गरेसँगै भवन निमार्णको काम सुरु भएको हो । भवन शिलान्यास गर्दै अध्यक्ष बोहराले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्माण निर्देशन दिए । शिलान्यास कार्यक्रममा बोल्दै