बझाङमा १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस सप्पन्न

सोमबार ‘महिला सामुदायिक स्वास्थ स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ सम्बर्द्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने मुलनाराका साथ जयपृथ्वी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा चैनपुर स्वास्थ चौकिले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयंसेविका दिवस भव्यताका साथ मनाएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका दिवस सफल पारौं, जहाँ नारिको हित त्यहाँ समाजको जित, स्वास्थ महिला स्वयंसेविकालाई सम्मान गरौं लगायतका नारा लगाउँदै सदरमुकाम चैनपुर बजार परिक्रमा गर्दै महिला स्वास्थ्य स्वयंसेविकाको १९ औं राष्ट्रिय दिवस चैनपुर स्वास्थ्य चौकीमा समापन गरिएको छ ।

स्वास्थ्य स्वयं सेविका दिवस कार्यक्रममा जयपृथ्वी नगरपालिका स्वास्थ शाखा प्रमुख नयन बहादुर सिंह लगायत शाखाका सबै कर्मचारीहरु, स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दिपेन्द्र मिश्र, चैनपुर स्वास्थ्य चौकीमा कार्यरत स्वास्थकर्मी, नगरपालिकाका ८,९,१० का महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो । (पाथिभरा टुडेबाट )

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
