कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ। सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको भन्दै अर्यालविरूद समेत नाराबाजी
कैलाली १ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार नागरिक उन्मुक्ति अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी ३३ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका रामजनम चौधरी २७ मत र एमाले तपेन्द्र रावल २३ मत राप्रपा लोकेन्द्र कुवर ९ मत राष्ट्रिय स्वतन्त्र पार्टीका टंक प्रसाद जोशी ४ मतल्याएका छन्। अहिलेसम्म त्यहाँ १०० सय मत गणना भएको छ !
झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन्। भने, कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन्। अहिलेसम्म त्यहाँ ५ सय मत गणना भएको छ ! बचन राज जोशीबचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ
बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो। बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदै गर्दा बुंगल नगरपालिकामा एक व्यक्तिले मतपेटिका जलाउने धम्की दिएका छन् । बुंगल नगरपालिका वार्ड नं. १ का गठबन्धनबाट निर्वाचित वडाध्यक्ष कसुवा बोहराद्वारा मतपेटिका जलाउने धम्की दिइएको हो । वडाध्यक्ष बोहराले मतपेटिका जलाउने धम्की मात्र नभई आफ्ना चार भाइ छोरा र अन्य आफ्ना दलका व्यक्तिलाई समेत परिचालनगरि निर्वाचन अधिकृतमाथी
बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचनलाई बिथोल्ने लक्षका साथ उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ । उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला
आसन्न मंसिर ४ गते प्रतिनिधि तथा प्रदेश सभाको चुनाव हुँदैछ । बझाङमा यतिबेला प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी र नेकपा एमालेको तर्फबाट ऐन महरको उम्मेदवारी रहेक छ । जोशी तीन चोटि सांसद भएका व्यक्ति हुन् भने महर विद्यार्थी राजनिती हुँदै अहिले प्रतिनिधि सभाको लागि तयारीमा छन् तर बझाङमा जनता भने अहिले मत
उत्तमकुमार थापा बझाङ सुदुरपशचिम प्रदेशकाे बझाङ जिल्लामा रहेका विभिन्न प्रभावित महिला तथा बालबालिकाहरुलाई बास नेपालले आर्थिक सहयाेग गरेकाे छ । विगत लामाे समय देखि देशमा भ्रष्टाचार विरुद्ध आवाज उठाउदै आएकाे बास नेपालले देशका हिँशा प्रभावित तथा दुखि गरिव विपन्न परिवारलाई सहयाेग गर्दै आईरहेकाे पाईन्छ । यसै विच बझाङ जिल्लामा पनि ९२ जना महिला तथा बालबालिकाहरुलाई
उत्तमकुमार थापा/ निर्वाचन सम्वन्धि सुरक्षा गाेष्ठी सम्पन्न भएको छ ।सुदुरपश्चिम प्रदेश कमाण्ड पाेष्टका प्रतिनिधिहरुद्वारा निर्वाचन सम्वन्धी सुरक्षा गाेष्ठी सम्पन्न भएको हाे । यहीँ मँसिर चार गते हुन गईरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा निर्वाचनकाे सम्वन्धि बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ८ स्थित बागथालामा गाेष्ठी सम्पन्न भएको विर भद्र जँग गुल्म बझाङले बताएकाे छ ।
सुनिल धामी / १३ माघ २०७७ बझाङको छविसपाथिभेरा ३ मा एक तरुण दलका यूवामाथि खुँडा प्रहार भयाे । वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा तरुण दलका हाेनहार यूवा अमृतबहादुर सिंहमाथि खुँडा प्रहार गरिएकाे थियाे । २७ वर्षीय सिंहको खुँडा प्रहारबाट घटनास्थलमै ज्यान गएको थियो । Himalayan Dentleनेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार