निर्वाचन सम्वन्धी सुरक्षा गाेष्ठी सम्पन्न


उत्तमकुमार थापा/
निर्वाचन सम्वन्धि सुरक्षा गाेष्ठी सम्पन्न भएको छ ।सुदुरपश्चिम प्रदेश कमाण्ड पाेष्टका प्रतिनिधिहरुद्वारा निर्वाचन सम्वन्धी सुरक्षा गाेष्ठी सम्पन्न भएको हाे । यहीँ मँसिर चार गते हुन गईरहेकाे प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा निर्वाचनकाे सम्वन्धि बझाङ जिल्लाकाे वित्थडचिर गाउँपालीका वडा नम्बर ८ स्थित बागथालामा गाेष्ठी सम्पन्न भएको विर भद्र जँग गुल्म बझाङले बताएकाे छ ।

निर्वाचन २०७९ लाई निश्पक्ष स्वतन्त्र पारदर्शी र भएरहित बातावरणमा सम्पन्न बनाउन वीर भद्र जँग गुल्म बझाङ र बागथाला स्थित गुल्म र देविदल गणकाे सयुक्त फाैजद्वारा स्थापना गरिएको
सुरक्षा वेशमा सुदुरपश्चिम प्रदेश कमाण्ड पाेष्टका प्रतिनिधिहरु उपस्थिति हुनुभएको थियाे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सहित जिल्लाका सबै सुरक्षा प्रमुख तथा प्रतिनिधिहरु उपस्थिति रहनुभएकाे स्राेतकाे भनाइ छ ।

जिल्लाकाे बागथालामा बसेकाे सुरक्षा गाेष्ठीमा सुदुरपश्चिम प्रदेश प्रमुखकाे कार्यालय प्रमुख सचिव नारायण प्रशाद दुवाडी शर्मा,सुदुरपश्चिम पृतना हे. क्वाटरका पृतनापति उपरथी विजय थापा प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक माेहन आचार्य सशस्त्र प्रहरी बल नेपालका प्रहरी बरिस्ठ उपरीक्षक बिश्व कुमार भट्टराई सहितको टाेली उपस्थित रहेर गाेष्ठी सम्पन्न भएको थियाे । वित्थडचिरकाे वडा नम्बर ८ मा सम्पन्न भएको सुरक्षा सम्वन्धि गाेष्ठीमा जिल्ला सुरक्षा समितिका सँयाेजक रहनु भएका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा रहेकाे सुरक्षा निकायहरु सँग अन्तरक्रिया कार्यक्रम सहित निर्वाचनमा सुरक्षाकाे भुमिका सम्वन्धी कार्यक्रम गर्नुकाे साथै निर्वाचनमा सुरक्षासम्बन्धी कुनै पनि समस्या नहुन दिन निर्देशन दिनुभएको हाे । निर्वाचन लाई नियाल्दै जिल्लामा सुरक्षा कडा पारिएको पाईन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240