बझाङमा अगुवा कृषकलाई ४ दिने तालिम सम्पन्न


सदरमुकाम चैनपुरमा रहेको दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेश्नल नेपालको साझेदारिमा केदारस्यु गाउँपालीकाका अगुवा कृषकहरुलाई ४ दिने व्यावसायिक तरकारी खेति सम्वन्धि तालिम सम्पन्न भएको छ ।

केदारस्युलाई व्यासायिक खेति तर्फ अग्रसर गराउन दलित सहयोग समाजले केदारस्यु गाउँपालीकाका ४ ओटा वडाहरुमा ४ ओटा प्रदर्सनी प्लटहरुको स्थापना गरेको थियो । भने किसानहरुको क्षमता अभिबृद्दी गर्न व्यावासायिक तालिमको आयोजाना गरिएको परियोजानाका जिल्ला संयोजक कुबेन्द्र रोकायाले बताउनु भयाे ।

केदास्युकाे विभिन्न स्थानमा ११ महिना ५ गते सञ्चालन भएको तालिमले किसानहरुलाई आधुनिक खेति तर्फा आकर्सित गर्ने र समुदायका अन्य किसानले पनि प्रदर्सनी प्लट बाट लाभ मिल्ने दलित सहयोग समाजका कार्यकारी अधिकृत सुनिल नेपालिले बताउनु भएको छ ।

साथै दलित सहयोग समाजले प्रत्यक प्रदर्शनी प्लटलाइ फलामे टनेल तथा अन्य आवस्यक सामग्री सहित करिब (एक लाख बिस हजार ) बराबरको आर्थिक सहयोग गरिने परियोजनाका लेखा अधिकृत बिजयराज जोशीले जानकारी दिनु भयाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240