युवा नेता ऐन महरद्वारा कैदबन्दिलाइ दशैमा खसी उपहार

बझाङ कारागारका कैदीबन्दीलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता ऐन महरले दशै मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले महरले उनीहरुलाई १ खसी प्रदान गरेका हुन् ।

आज बिहान महरले आफू स्वयं जिल्ला कारागार बझाङमा उपस्थिति भई बझाङ कारागारमा रहेका ७२ जना कैदीबन्दीलाई खसीसाथ खसी हस्तान्तरण गरे । महरले कैदीबन्दीलाई दशैको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । उनले आफूप्रति हीनताबोधको सोचाइ अन्त्य गरी कारागारपछिको जीवन एक उदाहरणीय रुपमा बिताउन सुझाव दिए ।

बझाङ कारागारमा क्षमता भन्दा बढी कैदीहरू भएर आफूहरूलाई अप्ठ्यारो भएको युवा नेता महर समक्ष गुनासो राखेका थिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240