सुदुरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश संसदीय दलको बैठकले भट्टलाई दल नेता बनाउने निर्णय गरेको हो । दल नेताका लागि प्रदेशसभा सांसद ओमविक्रम भाटले निर्वाचन हुनुपर्ने माग राखेपछि शनिवार सहमति हुन सकेको थिएन् । आइतबार बिहान भएको छलफलमा बहुमत सांसदहरुले भट्टलाई नै दल नेता
बझाङ जिल्लाको एक वडामा गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाकोमस्टा गाउँपालिका वडा न १ का अध्यक्ष रामचन्द्र रोकायाले बेतालकोट भैरव प्राथमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा बिद्यालय समयमा लगाउनलाई न्यानो लुगा वितरण गरेको छ । बिद्यालयमा अध्यनरत गरिब तथा विपन्न परिवारका १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष रामचन्द्र
सेती प्रादेशिक अस्पतालले आफ्नै CT scan सेवा आजदेखी सन्चालनमा ल्याएको छ। सन्चालनमा आएको CT scan सेवाले सुदूरपश्चिम भरिका ९ वटा जिल्लाका जनतालाई सहज हुने भएको छ। यो भन्दा अगाडि सरकारी स्वास्थ्य संस्थामा सन्चालनमा नभएकाले निजि स्वास्थ्य संस्था र नेपालगन्ज तथा भारतका विभिन्न शहरमा उपचार गर्न बाध्य थिए । केहि दिन अघि CT Scan मेसिन बिग्रेर
नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा सहभागि गराउन नेकपा एमालेले छलफल सुरु गरेको छ । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एसलाई सरकारमा सहभागी गराउन निरन्तर छलफल गरिरहेका छन् । यसैबीच अध्यक्ष नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार नेपालका सम्धी सोमप्रसाद पाण्डेको निवासमा उनीहरुबीच भेटवार्ता
बैतडीबाट निर्वाचित एमाले नेता दामोदर भण्डारी संघीय सरकारको मन्त्री बनेका छन । २०७०, २०७४ र २०७९ मा लगातार संसदीय चुनाव जितेका भण्डारी एमाले सुदूरपश्चिमका प्रदेशका पार्टि अध्यक्ष पनि हुन्। उनले सोमबार दिउसो रास्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री बाट शपथ ग्रहण गरेका छन्। उनको मन्त्रालयको भने टुङ्गो भने लागेको छैन। उनले कुन मन्त्रालय पाउने भन्ने कुरा पछि तय
प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह मन्त्रालय सम्हाल्नेछन् । मन्त्रीहरुमा ज्वालाकुमारी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको
नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष
धनगढी: सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ। आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो। वीरेन्द्र अस्पताल छाउनी, सैनिक अस्पताल इटहरी, सैनिक अस्पताल पोखरा, सैनिक अस्पताल नेपालगञ्ज, फिल्ड अस्पताल बर्दिवास र फिल्ड
बैतडीमा अस्पताल निर्माणमा विवाद हुँदा कुटाकुट भएको छ।जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयबिच १५ शय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा कुटाकुट भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार दुबै वडाका ३५ जति जना घाइते भएका छन्। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा १५ शैय्याको अस्पताल निर्माण