बझाङ ।कार्तिक ३० नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी बझाङले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको सभा निर्वाचनको लागि पार्टी कार्यलयमा आवश्यक रणनीति बनाउन को लागि ४३ औ पुर्ण बैठक बसेको छ । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ कमरेड ऐन महर , प्रदेश सभा सदस्य का
पूर्व सञ्चारकर्मी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिविरुद्ध उजुरी परेको छ । सो पार्टीबाट चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको हो । उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जानकारी दियो । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो
जिल्लामा अहिले लाली जोलजीवी दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ । चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले दार्चुलाका सीमा नाकामा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं।४४ गण हेड
कञ्चनपुरमा भारतबाट ल्याइएको काठ बरामद गरिरएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० भुडाबाट प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको काठ बरामद गरेको हो। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलिले सोमबार सीमा नजिकै भारतीय नम्बरको मोटरसाइकलमा घाँसले छोपेर ल्याइरहेको सिसौको काठ बरामद गरेको थियो। काठ र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने काठ तस्कर भने फरार रहेका बताइएको छ।
वनस्पति अनुसन्धान केन्द्र धनगढी मातहतको जाखौर ताल क्षेत्रमा बत्ती जडानका कारण जुनकिरी, पुतली, फट्याङ्ग्रा र किरा मर्न थालेका छन्। वनस्पति अनुसन्धान केन्द्रको अधिकार क्षेत्र भएको तालको सौन्दर्यता बढाउने भनेर उपमहानगरले चार करोड बढी रकम खर्चेर संरचना निर्माण गरेको छ।तर, कानुनविपरीत अर्को सरकारी निकायको अधिकार क्षेत्रमा प्रवेश गरेर उपमहानगरले काम गर्दा एकातर्फ ठुलो बजेट खर्च भएको
अमेरिकामा फुटबल टोली चढेको बसमा गोली प्रहार, ३ जनाको मृत्यु 0 35Shares फुटबल टोली चढेको एक बसमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गोली प्रहार भएको हो । आइतबार बेलुकी फिल्डबाट फर्किरहेको टोलीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार भएको र तीन जनाको
बझाङको थलारा गाउँपालिका घर भएकी एक युवती ब्याङ्लोरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।भारतको ब्याङ्लोर भिपिपुरममा बस्दै आएका थलारा गाउँपालिका-६ पिखेत घर भएका गणेश थापाकी कान्छी छोरी १७ वर्षीया आयुसु थापा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी कलेजबाट फर्किपछि नुहाउँन जान्छु भन्दै कोठाबाट निष्ककी र घरको पछाडि पट्टी झुण्डिएको अवस्था सोमबार बेलुकी
बझाङमा यतिबेला नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महर घरदैलोमा पुगेका छन । घरदैलोमा सुर्मा गाउँपालिका पुगेका महरले जनतालाई चुनाव अघि चुनाव जित्नकै निम्ति अनेक आश्वासन नदिने बताएका छन् । सुर्मा गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले ´गठबन्धनले चुनाव जित्नकै निम्ति पहिले नै गर्न नसकेका कुरा अझै पनि चुनावी एजेन्डाका
बझाङको केदारस्यूँ गाउँपालिका वार्ड नं. ७ काँडाचौर, जहाँ खानेपानीको अभावका कारण वर्षौदेखि स्थानियहरुले समस्या झेल्दै आउनु परेको छ । गाउँमा खानेपानीको निकै अभाव छ, गाउँबाट एक घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी बोक्नु पर्ने स्थानीयहरुको वाध्यता छ, यहाँका स्थानियवासीले वर्षौंदेखि यो समस्या भोग्दै आए पनि समस्याले भने अझैसम्म पार पाउन सकेको छैन ।झन्डै डेढसय बढी घरधुरी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन तोकिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने भएको छ। निर्वाचन आयोगले मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेसँगै मापदण्डबमोजिम उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न तोकिएको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष