बैतडीको झुलाघाट बाट बझाङ तर्फ गइरहेको जिप दुर्घटनामा ज्यान गुमाउनेलाई बुंगलका म्याक्स क्षेत्रीले आर्थिक सहयोग गर्नुभएको छ । २०७९ साल चैत्र २८ गते दुर्घटना भएको सो जिपमा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । क्रीया खर्च तथा अन्य खर्चको व्यवस्थापन होस् भन्ने हेतुले क्षेत्रीले शनिबार २०,००० (बीस हजार) आर्थिक सहयोग गर्नुभएको हो । नेपालको राजधानी
बैतडीमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ८, झौलेक गाउ नजिक हिजो राती ११ बजेतिर जिप दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्युु भएको र पाँच जना जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय
बझाङमा बसको ठक्कर बाट ३ बर्षिया बालकको मृत्युु भएको छ । जिल्लाकाेसुर्मा गाउँपालीका वडा नम्बर ३ घर भएका बर्ष ३ का सर्गम बाेहरालाई बसले ठक्कर दिदा मृत्युु भएको मृत्युुकका बुवा धनबहादुर बाेहराले बताए । करिव दिउसो २ बजेको समयमा नयाँ बसपार्क देखि महेन्द्रनगर तिर गईरहेकाे पवनदुत बसले बच्चालाई किच्दा मृत्यु भएको हाे । बस नम्बर
मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खसेको हो । ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले
कञ्चनपुरको भीमदत्त नगरपालिकाले बेरुजु अधिकृत राखेको छ । नगरपालिकामा चार जना लेखा अधिकृत र एक जना आन्तरीक लेखा परिक्षक हुँदाहुदै नगरपालिकाले एक जना सेवा निर्वित भएका लेखापाललाई बेरुजु अधिकृतमा नियुक्त गरेको हो । हाल नगरपालिकामा आन्तरीक लेखा परिक्षकमा प्रेम वल्लभ भट्ट छन । त्यसैगरी लेखा अधिकृतमा विक्रम भण्डारी,गोबिन्द राज उपाध्याय, दिपेन्द्र चौधरी र सहायक लेखापालमा पुरेन्द्र
पढाईको सिलसिलामा काठमाडौ बस्दै आएका बझाङका एक युवक मृत फेला परेका छन । बझाङ्गको छबिस पाथिभेरा गाउपालिका वडा नम्बर ७ का अन्दाजी २४ वर्षिय ललित धामी आज बिहान काठमाडौमा बस्दै आएको उनकै कोठामा झुन्डिएको अवस्था मृत फेला परेको प्रहरीले जनाएको छ । मृतक धामिको घटनाको प्रारम्भिक अनुसन्धान गरि शव पोस्टमार्टमका लागि पठाउने तयारी भएको र
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा परि गम्भीर घाइते भएका
काठमाण्डौको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्युु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर–६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वी नगरपालिका–५ कोटेली घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्युु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर
धनगढीमा एक युवती मृत फेला परेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी उनी मृत अवस्थामा भेटिएकी हुन्। धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। विज्ञापन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका वडा नम्बर ६ घरभइ दिदीको घरमा
नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ। दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ। यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए। बचन राज