धनगढीमा एक युवती मृत फेला

धनगढीमा एक युवती मृत फेला परेकी छिन्। दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी उनी मृत अवस्थामा भेटिएकी हुन्। धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

विज्ञापन

Generator

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका वडा नम्बर ६ घरभइ दिदीको घरमा बस्दै आएकी साउँद मृत भेटिएको बताए। उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन

cp

अहिले प्रहरी टोली घटनास्थल पुगेको छ। घोडाघोडीबाट मृतकका आफन्तलाई बोलाइएको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (दिनेश खबर)
 

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240