बझाङका दुई पालिकामा आज आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बझाङका दुइ पालिकाहरुले आज आर्थिक वर्ष २०७९÷०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिकाले आज गत आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हुन । आर्थिक बर्ष २०७९÷०८० मा पालीकाबाट सञ्चालित योजना कार्यक्रम, सेवाप्रवाह लगाएत अन्य गतिविधिका बारेमा जनताले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ पालिकाले दिएर पारदर्शिता बनाउनको लागी सार्बजनिक सुनुवाइ गर्ने गरीन्छ । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरुले सडक निर्माण, बिद्युतको बिस्तार, खानेपानी निर्माण लगाएतका बिषयमा जिज्ञासा र केहि गुनासा समेत राखेका थिए । जनताका गुनासा जिज्ञासाको जवाफ गाउँपालिकाका अध्यक्ष र सम्बन्धित शाखाका कर्मचारीहरुले दिनुभयको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सथानीय ,जनप्रतिनिधि, शिक्षक ,बुद्धिजिबी पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण बझाङस्थित विभिन्न मिडियाहरुमा कार्यरत पत्रकारहरु र पत्रकार महासँघ जिल्ला शाखा बझाङले थियो । यो बर्ष अहिलेसम्म सार्वजनिक सुनुवाइ गर्नेमा केदारस्यु गाउँपालिका पहिलो, मष्टा गाउँपालिका दोस्रो र खप्तडछान्ना र दुर्गाथली गाउँपालिका तेस्रो स्थानमा रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240