एसले इमान्दारीलाई कमजोरी ठान्यो, माओवादी संगै मात्र तालमेल गर्ने बझाङमा काँग्रेसको अडान ।
बझाङ – नेपाली कांग्रेस जिल्ला कार्य समिति बझाङले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्र गठबन्धन गर्ने बताएको छ । विज्ञपति जारी गर्दै जिल्ला सभापति बोहराले “एकीकृत समाजवादीका जनप्रतिनिधि साथिहरुले हाम्रो इमान्दारीलाई कमजोरि ठानेको” स्पष्ट पारेका छन् । सोमवार पार्टी जिल्ला सभापति खडकबहादुर बोहराले विज्ञप्तिमा जारी गर्दै सो कुरा जानकारी दिएका हुन् । उनले नेपाली कांग्रेसका नेता कार्यकर्ताको चाहाना अनुरुप प्रतिनिधी सभा र प्रदेश सभामा गठबन्धन गर्ने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘जिल्लामा स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले गठवन्धनका सम्पूर्ण उम्मेदवारलाई सघाएपनि घात गरेको भन्ने व्यापक गुनासो आएकोले कांग्रैसले आफ्नो अडान राखेको हो ।’ मतदाताबाट प्राप्त सुझावलाई आधार मान्दै यस्तो निर्णय गरेको उनको भनाइ छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
