बझाङको बुंगलमा धार्मिक अगुवा अन्तरक्रीया कार्यक्रम सम्पन्न

बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं ९ देउलिकोटमा रहेको दलित सहयोग समाज बझाङको सम्पर्क कार्यालमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच तथा अन्य स्थानीय बिच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युनाइटेड मिसन टु नेपाल र दलित सहयोग समाज बझाङको साँझेदारिमा सञ्चालित समान व्यवहार परियोजना अन्तर्गत धार्मिक अगुवा अन्तरक्रिया कार्यक्रममा लैंगिक हिंसा बिरूद्ध धार्मिक अगुवा, ब्राह्मण, धामीझाँक्री तथा अन्य संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संयोजक भिम रसाइलीको संयोजकत्वमा रहेको सो कार्यक्रममा छाउपडी तथा बालबिबाह न्यूनिकरण, सामाजिक भेदभाव नगर्न तथा अन्य समान व्यवहारका कुराहरूमा छलफल भएको थियो ।

समान व्यवहार परियोजना अन्तरगत अन्तरक्रिया गर्दा समाजका गुरुहरुले बिबाहको लागि कोहि चिना हेराउन आए जन्मदर्ता अनुसार २० वर्ष नपुगेकाहरुको चिना नहेर्ने प्रतिबद्धता समेत गरेको बताएका छन् । बीस वर्ष मुनिको बिबाह कानुन संवत् गलत भएको बताउँदै यो कार्य गरिएको हो ।

समान व्यवहार परियोजना अन्तर्गत भेदभाव नगर्ने, महिनावारीको बेला सरसफाइ गर्ने, छाउपडी प्रथा र बालबिबाह नगर्ने नगराउने, महिनावारी भएको बेला नभन्ने नसोध्ने जस्ता कार्यहरु अघाडी बढाएका छन् ।

कार्यक्रममा बुंगल नगरपालिका वार्ड नम्बर ९ देउलिकोटका कार्यवाहक वडाध्यक्ष जयबहादुर पातली, बुंगल नगरपालिका कार्यपालिका सदस्य, दलित सहयोग समाज बझाङका अध्यक्ष मोहनलाल बिक, कार्यक्रम संयोजक भिम रसाइली, सामाजिक परिचालक दिपक नेपाली, धार्मिक अगुवा लगायत अन्यको उपस्थित रहेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240