नगरपालिका स्तर अपांगता सेवा सम्वन्धि जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न



नगरपालिका स्तर अपांगता सेवा सम्वन्धि जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

आज जयपृथ्वी नगरपालिकाकाे सभाहलमा नगरपालिका स्तरमा रहेका अपांगताहरुले कसरी सेवा सुविधा लिईरहेका छन । के कस्तो अवस्था छ भन्न विषयमा गहन छलफल गरिएको हाे । अपांगताकाे क्षेत्रमा पहिले देखि काम गरिरहेकाले सस्थाँले बझाङ जिल्लाकाे जयपृथ्वी नगरपालिकामा पहिलाे पटक कार्यक्रम सञ्चालन गर्ने भएको देखिन्छ ।

NNSWA समता मुलक समाजका लागि कार्यरत रहने भनिएको सस्थाले अपांगहरुकाे बिषयमा काम गर्दै अगाडि बढ्ने ऋषिराम जैरूले बताउनु भयाे । जैरूका अनुसार शिक्षा स्वास्थ आर्थिक र सामाजिक कार्यमा समानता हुनुपर्नेमा जाेड दिनु भयाे । विभिन्न विषयमा काम गरिरहदा अपांगहरुलाई सहयाेग र सदभावका साथ अगाडि लैजानु पर्ने देखिन्छ ।

नगरपालिकामा सञ्चालन भएको कार्यक्रममा जयपृथ्वी नगरपालिका मेयर चेतराज वजालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिका उपमेयर रतन बहादुर सिँह लगाएतका जनप्रतिनिधि कर्मचारी पत्रकारकाे उल्लेख्य उपस्थिति रहेको थियाे । यसमा सबैले जाेड दिनु पर्ने नगरपालिकाकाे भनाइ रहेकाे छ । जयपृथ्वी नगरपालिका र सस्थाँविच कसरी अगाडि बढ्न सकिन्छ । सस्थाँकाे बिषयमा ऋषिराम जैरूले जानकारी दिनु भएको थियाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240