बझाङमा NCC तालिमको उद्घघाटन

बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा NCC तालिमको उद्घघाटन भएको छ । आज साउन १ गते वडा नम्बर १ मा रहेको सुनिकाेटमा तालिम सञ्चालन भएको हाे ।

विरभद्रजङ्ग गुल्म पानकाेट ब्यारेककाे आयाेजनामा १०० दिनकाे लागि तालिम सञ्चालन गरिएको विरभद्रजङ्ग गुल्मपति माधव खड्काले बताउनु भयाे । जिल्लाकाे सुनिकाेट माध्यामिक विद्यालयमा केही समय अगाडि छनाेट प्रकृया सञ्चालन गरेपछि साउन एक गते अर्थात आज उद्घघाटन सहित तालिम सञ्चालन गरिएको थियाे ।

सञ्चालन तालिममा १८ जना छात्र १८ जना छात्राहरु सहित जम्मा ३६ जनालाई तालिममा सहभागी गराएकाे ब्यारकले जनाएको छ । सञ्चालन भएको कार्यक्रममा मेजर माधव खड्कालेले तालिमकाे सुभारम्भ गर्नु भएको थियाे । तालिम तलकाेट गाउँपालीकामा सञ्चालन भएको भन्दै स्थानीय सरकार खुसि भएको देखिन्छ ।

तालिम राष्ट्रिय सेवा दल ऐन २०२७ अनुसार अहिले काम गरिरहनु भएको NCC ले समाजको हितमा मात्र नभएर राष्ट्र र राष्ट्रियताकाे खातिर काम गर्ने गुल्मपती माधव खड्काले बताउनुभयो । विरभद्रजङ्ग गुल्म व्यारेकका मेजर खड्काले अभिभावक सहित विद्यार्थीहरुलाई प्रशिक्षण दिनु भएको हाे । नेपाली सेनाले दिने तालिमले सबै हर्षित भएको अभिभावकहरु बताउन्छन ।कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरु सहभागी भएको छन ।

सुनिकाेट माध्यमिक विद्यालयकाे प्राङ्गणमा सञ्चालन भएको तालिममा विद्यालय विब्यस अध्यक्षकाे अध्यक्षतामा तलकाेट गाउँपालीका अध्यक्ष कलक राेकाया प्रमुख अतिथि रहनुभएकाे थियाे बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय सहित सुरक्षा निकायहरु उपस्थित रहनुभएकाे थियाे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240